संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गतेका दिन बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । उहाँको निधनमा सरकारले मंगलबार शोक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा सोमबार जारी गरीएको सुचनामा कात्तिक १ गते मंगलबारका दिन देशभर शोक बिदा दिने निर्णय भएको जनाएका छन् । यस सँगै संस्कृतिविद् जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।






