Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

भ्रष्टाचारी मुख्यमन्त्रीलाई हराउन सक्षम छुं : स्वतन्त्र उम्मेदवार सर्राफ

spot_img

वीरगंज (पर्सा), २९ असोज / प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को (ख) का स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले मुख्यमन्त्री लालबाबु राउतलाई हराउने आफु सक्षम उम्मेदवार भएको वताएका छन् ।
वीरगंजस्थित होटल आदर्श आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले यस क्षेत्रका जनताहरुले चाहे आफु मुख्यमन्त्रीलाई हराउन सक्षम उम्मेदवार भएको वताए । उनले भने ‘विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ । उनलाई हराउन म सक्षम छु, त्यही भएर यसपालिकाको निर्वाचनमा मलाई जिताएर काठमाडौंको जनता जस्तै यहाँको जनताले पनि इतिहास रच्नु पर्छ ।’ उनले यसपालिकाको निर्वाचनमा आफु चुनाव हारे सबै युवाको हार हुने वताउँदै स्वतन्त्र सक्षम युवा उम्मेदवारलाई जिताएर सचेत मतदाताको परिचय दिनु पर्ने धारणा राखे ।
उनले भने ‘म कुनै गठबन्धनको उम्मेदवार होइन, मेरो गठबन्धन यहाँको जनतासंग छ, यहाँको युवासंग छ, यहाँको महिलासंग छ । त्यँही भएर नेता÷नेता विच भएको अपवित्र गठबन्धनलाई हराएर स्वतन्त्र र सक्षम उम्मेदवारलाई जिताउनु पर्छ । आफु सधै जनता माझ रहेको र जनताको सेवा गरेको वताउँदै उनले आफ्नो बालबच्चाको भविष्यको ख्याल गरेर भए पनि आफुलाई चुनाव जिताउनु पर्ने अपिल गरे । उनले वीरगंजको मतबाट जितेर मुख्यमन्त्री बनेका व्यक्तिले वीरगंजसंग घात गरेको कुरा सबैलाई थाहा भएको वताउँदै त्यसको जवाफ अहिले निर्वाचनबाट दिनु पर्ने पनि सुझाए । उम्मेदवार सर्राफले अर्का गठबन्धनका उम्मेदवार अर्काे क्षेत्रको भएकोले त्यसको विकल्प आफु नै भएको दाबी गरे ।
कार्यक्रममा प्रोफेसर बिजय महासेठ, समाजिक अभियन्ता प्रकाश थारु, गुड्डी जोशी, दुर्गा श्रेष्ठ, जलेश्वर सर्राफ, मनोज साह, दीपक सर्राफ, ई.गजेन्द्र दास लगायत युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once