बेगनास तालमा डुंगा दुर्घटनाः १ जना वेपत्ता, १ जनाको उद्धार

spot_img

पोखरा । पोखराको बेगनास तालमा शुक्रबार डुंगा दुर्घटना भएको छ । दिउँसो सबा ३ बजेको समयमा बेगनास तालमा घुम्न पुगेका श्रीमान श्रीमती दुर्घटनामा परेका हुन् ।

डुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुघटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेपछि गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए । ‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरुको डुंगा एक्कासी पल्टिएको स्थानीयहरुले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने । साभार : समाधान न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once