Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

गण्डक अस्पतालले सशस्त्र प्रहरीकाे उपचारमा छुट उपलब्ध गराउने

spot_img

वीरगंज । गण्डक अस्पतालले सशस्त्र प्रहरी बल नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका परिवारका विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने भएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे. क्वा. बाराकाे समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र गण्डक अस्पताल प्रा.लि.बीच छुट उपलब्ध गराउन साेमबार सम्झौता भएकाे छ ।

दुईपक्षिय सम्झाैता अनुसार ओपिडी सेवामा २० प्रतिशत, साधारण प्याथोलोजी जाँच, ल्यावको स्पेशल टेष्टहरुमा, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत, आई.सि.यू., एन.आई.सी.यू. र.ए.सी. वार्डको बेड चार्जमा २५ प्रतिशत, एम.आर.आई. र सि.टि. स्क्यानमा १५ प्रतिशत, ओटी सेवामा चिकित्सक पारिश्रमिक बाहेक १५ प्रतिशत लगायतकाे सेवामा अस्पतालले छुट उपलब्ध गराउने छ ।

यसका साथै विशेष परिस्थितिमा उल्लेखित सेवाग्राहीहरुको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको पाईएमा दुबै पक्षको आपसी सहमतिमा छुट सुविधा बाहेक अन्य थप सुविधा समेत उपलब्ध गराउन सकिने अस्पतालका संचालक रहबर अन्सारीले वताए ।

छुट सुविधा प्राप्तिको लागि उपचार अवधि भित्रमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त प्रहरी बल, नेपालबाट जारी भएको परिचय पत्र पेश गर्नुपर्नेछ ।

समझाैता पत्रमा सशस्त्र प्रहरी बल नेपालकाे तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नयाब महानिरिक्षक गणेश बहादुर ठाडा मगर र गण्डक अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक डा.ए.इ. अन्सारीले हस्ताक्षर गरेका छन् ।

समझाैताकाे साक्षीमा सशस्त्र प्रहरीकाे तर्फबाट सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा र अस्पतालकाे तर्फबाटअस्पतालका संचालक रहबर अन्सारीले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once