Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

प्रतिनिधि र प्रदेश सभाका लागि कति जनाले दिए उम्मेदवारी ?

spot_img

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ ।

मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणालीमा साँझसम्म प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर एक हजार नौ सय ३७ पुरुष र एक सय ९१ महिला गरी कूल दुई हजार एक सय २८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभातर्फ दुई हजार छ सय पुरुष, दुई सय ४४ महिला र एक अन्य गरी दुई अजार आठ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सोमध्ये प्रदेश नं १ मा चार सय ४५ पुरुष, ४९ महिला गरी चार सय ९४, मधेश प्रदेशमा सात सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी सात सय ६७, बागमती प्रदेशमा पाँच सय ६१ पुरुष, ७४ महिला गरी छ सय ३५, गण्डकी प्रदेशमा एक सय ९९ पुरुष, २९ महिला गरी दुई सय २८, लुम्बिनी प्रदेशमा चार सय १४ पुरुष, २३ महिला गरी चार सय ३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा एक सय ९१ पुरुष, १२ महिला गरी दुई सय तीन उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । भोलि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।

हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारहरूका हकमा आयोगले सहजीकरण गरेको थियो । सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई सहजीकरण गरिएको हो । साभार : डिसी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once