Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

पर्सा : उम्मेदवारी दर्ता कार्य जारी, हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराए

spot_img

वीरगंज (पर्सा), २३ असोज / यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता कार्य जारी छ । पर्साको ४ वटा क्षेत्रमध्ये १ र २ को उम्मेदवारी दर्ता कार्य वीरगंज स्थित जिल्ला समन्वय समितिमा भइरहेको छ भने क्षेत्र नं. ३ को पोखरिया स्थित विद्युत प्राद्यिकरणको भवन तथा क्षेत्र नं. ४ को धोबिनी गाउँपालिका स्थित लंगडी स्थित लाइब्रेरी भवनमा उम्मेदवारी दर्ता कार्य जारी छ । दिउँसोको १ बजे उम्मेदवारी दर्ताको क्रममा गठबन्धन तथा दल भन्दा पनि स्वतन्त्र उम्मेदवारहरु मनोनयन दर्ता गराएका छन् ।
हालसम्म पर्साको क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभातर्फ ८ जना उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा तर्फ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ९ जना स्वतन्त्र तर्फ उम्मेदवारी दर्ता गराएका छन् भने ५ जना राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा तर्फ पर्सा क्षेत्र नंं. १ बाट स्वतन्त्र तर्फ शंकर कुमार कर्ण, काशिम मियाँ धोबी, धर्मेन्द्र साह कानु, फरिद आलम, शान्ति देवी खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने राजनीतिक दल तर्फ जनता समाजवादी पार्टीबाट वन तथा वातावरण मन्त्री प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट मुकेश कुशवाहाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरि प्रदेशसभा तर्फ ५ जना उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् भने १ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभाको स्वतन्त्र तर्फ श्याम प्रसाद गुप्ता, जन्नत अन्सारी, किशोर प्रसाद यादव एवं करिमा वेगमले उम्मेदवारी दर्ता गराएका हुन् भने राजनीतिक दलबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरि क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीबाट सरोज कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once