Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

उपेन्द्र यादव फेरी गठबन्धनको सम्पर्कमा, वैठकमा लोसपाको पनि इन्ट्री

spot_img

काठमाण्डौँ – सिट बाँडफाँटमा असन्तुष्ट भएपछि एमालेसँग तालमेलको प्रयास गरिरहेको जनता समाजवादी पार्टी दुवैतर्फ बार्गेनिङ गर्ने र निचोडमा पुग्ने तयारीमा छ। एमालेसँग २५ सिटमा बार्गेनिङ गरिरहेको जसपाले पूर्ण रुपमा गठबन्धन छोडिसकेको छैन। वरु नेताहरु अहिले पनि गठबन्धनको टचमा छन्।

एमालेसँग सहमति बन्न नसके उनीहरु गठबन्धनमै रहेर पनि चुनावमा जान सक्ने दाउमा छन्। बालुवाटार स्रोतका अनुसार जसपाका नेताहरु अहिले पनि गठबन्धनको टचमा छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू बिहीबार साँझदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए ।

शुक्रबार पनि उनीहरु एमालेसँग छलफलमा छन् । तर, उनीहरुले गठबन्धनसँगको सम्पर्क भने छोडेका छैनन्। यता, जसपाले गठबन्धन छोड्ने संकेत देखाएपछि चुनावी तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनको बैठकमा प्रवेश भएको छ।

स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो । लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन् । साभार : बारा दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once