Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

मेयर बालेन साहबिरुद्ध बांगेमुढामा पुत्ला दहन सहित प्रदर्शन, सुमन सायमीको पनि समर्थन

spot_img

काठमाडौं । काठमाडौंको बांगेमुढा स्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विरुद्ध नाराबाजी गरेका छन्, नाराबाजीको क्रममा मेयर साहको पुत्ला पनि जलाएका छन्।

‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्ष विरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए । साभार : डिसी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once