विश्व मुटु दिवसको अवसरमा म्याराथन तथा वाकाथन प्रतियोगिता

spot_img

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १३ असोज / विश्व मुटु दिवसको अवसरमा नेपाल मेडिसिटि बयोधा अस्पतालले म्याराथन तथा वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । ‘‘युज हार्ट फर एभरी हार्ट’’ भन्ने नारा सहित वीरगंजको घण्टाघर देखि नेपाल मेडिसिटि बयोधा अस्पतालसम्म ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको आयोजना गरिनुका साथै घण्टाघरदेखि नारायणी अस्पतालसम्म वाकाथन -याली निकालिएको थियो ।
-याली पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले व्यस्त जीवनशैली तथा अव्यवस्थित खानपानका कारण मुटु रोग नकै चुनौतिपूर्ण बन्दै गईरहेको बताए । मुटु शरिरको एक महत्वपूर्ण अंग भएकोले यसलाई स्वस्थ्य बनाई राख्न आफ्नो शरिरलाई थोरै समय दिनुपर्ने र चिकित्सकले दिएको सुझावहरुलाई मनन् गर्नुपर्ने बताए ।
यस्तैै मुटु रोग विशेषज्ञ डा. राधा भट्टराईले विश्वमा कोरोना महामारी जस्तै अहिले मुटुको कोरोनरी महामारी सुरु भईरहेको बताइन् । उनले विश्वमा १ करोड भन्दा बढि मानिसहरु मुटुको कारण ज्यान गुमाई रहेको भन्दै ति मध्ये ३१ प्रतिशत हाईपरटेन्सनका विरामीहरु रहेको बताइन् । उनले मुटुलाई स्वस्थ्य राख्न हाल बजारमा पाईने जंक फुडहरु, चिल्लो खानेकुराहरु कम खान र दैनिक व्यायाम गर्न सुझाव दिए ।
यस्तै नेपाल मेडिसिटि बयोधा अस्पतालका प्रमुख डा. विजय रिमालले नेपालमा मुटु रोगीहरुको संख्या वृद्धि भईरहेकोमा चिन्ता व्यक्त गरे । उनले मुटु सम्बन्धी रोगको हरेक उपचार वीरगंजमा सम्भव पार्न आफूहरु लागि परेकोले यस कार्यमा सबैको सहकार्यको आवश्यकता रहेकोले सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरेको बताए ।
यसरी नै भारतीय महावाणिज्य दुतावास वीरगंजका शैलेन्द्र सिंहले मुटु स्वास्थ्य राख्नका लागि एकदिन मात्रै व्यायाम गरेर नपुग्ने भन्दै दैनिक आधा घण्टा भएपनि हिड्न आग्रह गरे । यता दौड प्रतियोगितामा ईश्वर रिजाल प्रथम, नारायण जि.सी. दितीय र धान सिंह चुनारालाई तृतीय भएका छन् । उनीहरुलाई विभिन्न पदक प्रदान गर्नुका साथै २५ हजार रुपैयाको पुरस्कार समेत वितरण गरिएको थियो ।
नेपाल मेडिसिटि बयोधा अस्पतालका बिजय रिमालको अध्यक्षतामा आयोजित म्याराथन तथा वाकाथन कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवं उद्योगी अशोक वैद्य, वीरगंज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जयसवाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once