Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

प्रनि मिश्रको सक्रियता : हराएको १६ थान मोवाईल फेला पारी मोबाइलधनीलाई बुझाइयो

spot_img

गौशाला (महोत्तरी), ११ असोज / ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले १६ थान मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको सक्रियातामा विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोबाइलहरु फेला पारि सम्बन्धित मोबाइलधनीलाई बुझाइएको हो ।
मोबाइल फोन हराएको प्राप्त निवेदनको आधारमा इप्रका गौशालाले खोजतलास गरि सम्बन्धित मोबाइलधनीलाई बुझाएपछि मोबाइल फोन पाउनेहरु खुशी भएका छन् । मोबाइल फोन हराएपछि पाउने आश मेटाएका मोबाइलधनीहरु मोबाइल पाएपछि खुशी भएका हुन् । बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट हराएको विभिन्न कम्पनीका महङ्गो मोवाईल स्मार्ट फोनहरु फेला पारेर सम्बन्धित मोबाइल धनीलाई बुझाइएको इप्रका गौशालाका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।
मोहत्तरी सहित पर्सा, बारा, सर्लाही, जनकपुर लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएको स्मार्ट फोनहरु फेला परेको प्रहरी निरीक्षक मिश्रको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once