Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध सहित बस पक्राउ

spot_img

वीरगंज (पर्सा), १० असोज / सशस्त्र प्रहरीले पर्साको ठोरीबाट लागु औषधसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीबाट खटिएको टोली सुवर्णपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख. ४०१ नम्बरको ठोरी मेट्रो नामक नाईट बसलाई नियन्त्रणमा लिएको हो ।
आइतबार सांझ ५ः३० बजेको समयमा ठोरी गाउँपालिकाको वडा नं. २ स्थित रहेको वि.ओ. पि. ठोरीको मुलगेट अगाडि बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिट मुनी झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले जनाएको छ ।
चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३ हजार ट्याब्लेट र चालकको बायाँपट्टि रहेको क्याबिनको लामो सिट मुनी १ प्याकेट (१५ सय ट्याब्लेट) प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध नाइट्रोभेट – १० गरि जम्मा ४ हजार ५ सय ट्याब्लेट ( ३०० पत्ता १५ ट्याब्लेट) फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संतोष कुमार बस्नेतले वताए ।
उक्त लागु औषध, बस सहित चितवनको माडि नगरपालिका वडा नं. ८ अयोध्यापुरी बस्ने बर्ष ४४ को लाल बहादुर सुनार (बस चालक) र सोही वडाका जिबनपुर बस्ने बर्ष २५ को बासुदेव दर्जीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि सोही दिन ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once