Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

राष्ट्रपति भण्डारीले राजीनामा नदिए कडा आन्दोलनमा उत्रने चेतावनी

spot_img

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपा पर्साका नेताहरुले आपत्ति जनाएका छन् । आज पार्टीले जिल्ला समन्वय समिति पर्सामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले दुवै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाँडो उल्लघन गरेको बताएका छन् । उनीहरुले राष्ट्रपतिको उक्त कदमले मधेशी जनताहरुमाथि हुंदै आएको विधेदलाई निरन्तरता दिएको आएको बताए ।
कार्यक्रममा सहभागिहरुले राष्ट्रपतिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आदेशमा दुईपटक प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको स्मरण गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले राष्ट्रपति जस्तो गरीमामय संस्थाको मर्यादा, कर्तव्यको बोध नगरी संविधानको उल्लंघन हुने कार्य गरेको नेताहरुको भनाई थियो । एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा ल्याएको नागरिकता अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गर्ने तर हालको गठबन्धनको सरकारले ल्याएको नागरिकता विधेयकलाई प्रमाणिकरण नगर्नु राष्ट्रपति जनताको नभई नेकपा एमालेको भएको बताएका थिए ।
जसपा पर्साका सचिव तबरेज अहमदले राष्ट्रपति भण्डारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नगरिकता नपाएकै कारण मधेशका युवाहरुको भविष्य अँधकार हुने चिन्ता व्यक्त गर्दै उनले राष्ट्रपतिले राजीनामा नदिए उनी विरुद्ध कडा रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कार्यक्रममा पार्टीका मधेश प्रदेश सांसदहरु, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once