२४ औं दिनमा दिल्ली पुग्ने घोषणा गरे पनि शेख मुन्नाले दुइ दिन अगावै शनिबार २२ औं दिनमा दिल्लीको इण्डिडया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका हुन्

spot_img

वीरगन्ज, १२ भदौं

नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जबाट भारतको राजधानी नयाँ दिल्ली सम्मको पैदल यात्रा थालेका वीरगन्जका युवा शेख मुन्नाले २२ औं दिनमा दिल्लीको इण्डिया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले गत साउन २२ गते देखि वीरगन्जबाट दिल्ली सम्मको १०६० किलोमिटरको पैदल यात्रा शुरु गरेका थिए । २४ औं दिनमा दिल्ली पुग्ने घोषणा गरे पनि शेख मुन्नाले दुइ दिन अगावै शनिबार २२ औं दिनमा दिल्लीको इण्डिडया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका हुन् ।

नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा सहित शनिबार दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाइ नेपाल भारत विश्व विकास फोरमका सभापति मधुरेन्द्र जयसवाल , गोर्खा टाइम्स पत्रिकाका पत्रकार इन्द्र कोमल, शेख अताउलका साथै दिल्ली स्थित नेपाली युवाहरुले स्वागत र सम्मान गरेका छन् ।

शनिबार दिल्लीको इण्डिया गेटमा पुगेर सामाजिक सन्जाल फेसबुकमा घिडियो सार्वजनिक गर्दै शेख मुन्नाले देशका लागि आफनो किर्तिमानी यात्रा सफलतापुर्वक सम्पन्न गर्न पाएकोेमा सम्पूर्ण नेपाालीलाइ धन्यवाद ज्ञापन गरेका छन् ।उनले आफनाो यो पैदल यात्राले नेपाललाइ विश्व चिनाउन थप मदत गरेको तथा नेपाल र भारत बिचको रोटी बेटीको सम्बन्धलाइ अझ मजबुत बनाउन टेवा पुगेको बताएका छन् ।

नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल –भारतको रोटी– बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ आफुलले यो पैदल यात्रा गरेको उनको भनाइ छ ।

 

वीरगन्जबाट साउन २१ गते नेपााली पोशाकमा सजिएर शेख मुन्नाले थालेको पैदल यात्रा बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर शनिबार सकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once