प्रेस युनियनको महाधिवेशनमा तिवारी केन्द्रीय सचिवमा लड्ने

spot_img

वीरगंज । बागमती प्रदेशको राजधानी हेटौँडामा अगामी साउन ६ र ७ गते हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय सचिव (मधेसी) पदमा पर्साबाट वरिष्ठ पत्रकार अशोक तिवारीले उम्मेदवारी दिने निर्णय भएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरका उपमेयर इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पान्डे, प्रेस युनियन पर्साका पूर्व अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, वरिष्ठ पत्रकार शंकर खतिवडा, युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतको उपस्थितीमा बिहीबार भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साका पूर्व जिल्ला अध्यक्ष अशोक तिवारीलाई केन्द्रीय सचिवमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once