वीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को निर्वाचन क्षेत्र नं ३ को अध्यक्षमा नरेन्द्र कुमार चौरसिया लाइ मनोनयन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्सा को बसेको बैठक बाट जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय ले निर्वाचन क्षेत्र नं ३ को क्षेत्रिय अध्यक्ष मा नरेन्द्र कुमार चौरसिया लाइ मनोनयन गरेको छ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत का प्रदेश सभा क्षेत्र क र ख का प्रत्येक गाउँपालिका,नगर क्षेत्रका वडासमितिहरु सक्रिय रुपमा गठनको कार्य लाइ यथाशिघ्र प्रत्येक प्रदेश सभा क्षेत्रिय अध्यक्षहरु सँग सम्पर्क राखी कार्यसम्पादन गर्न का साथै सोको जानकारी यथाशिघ्र जिल्ला कार्यसमिति मा जानकारी गराउन को लागि पत्रमा उल्लेख गरिएको छ।
आउदो प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको चुनाव लाइ ध्यानमा राखी पार्टी संगठन सुदृढीकरण मा सक्रिय भुमिका प्रदान गरी पार्टी लाइ अझ उचाइमा पुर्याउनु हुनेछ भनि जिल्ला कार्यसमिति पर्सा ले विश्वास लिएको छ भनि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।





