३१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा चाइनिज कम्पनी लिनिङको ब्रान्ड एम्बेस्डर बनेकी छिन् ।
खेलकुद सामग्री उत्पादन कम्पनी लिनिङले एन्जिलालाई दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो ।
चाइनिज कम्पनी लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीका प्रमुख कार्यकारी राजेन महर्जनका बिच शुक्रबार एक कार्यक्रम गर्दै सम्झौतामा हस्ताक्षर गरिएको हो । एन्जिलाले उनको जीवनीमा आधारित रहेर बन्न लागेको चलचित्र ‘अन्जिला’ मा लिनिङको ब्रान्ड प्रयोग गर्ने छिन् ।
ब्रान्ड एम्बेस्डर भएकी उनको नाम ‘एन्जिला तुम्बापो सुब्बा १८’को ब्रान्ड कम्पनीले उत्पादन गर्नेछ । उक्त सामान बिक्रीबाट आएको कुल आम्दानीको १० प्रतिशत रकम मध्ये ५ प्रतिशत रकम एन्जिलाले पाउने छिन्, भने बाँकी ५ प्रतिशत आर्थिक स्थिति कमजोर भएका नेपाली महिला फुटबलले सहयोगका रुपमा पाउने गरि सम्झौता भएको छ ।





