काठमाडौं । सरकारले प्रदेश र सघीय निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचन आयोगको सिफारिस र सरोकारवालाको सुझावका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते एकैचरणमा प्रदेश र संघीय निर्वाचन गर्ने तय गरेका हुन् ।
यो मितिलाई यसै साता मन्त्रिपरिषद्ले निर्णय गरेर औपचारिक घोषणा गर्ने नेपाली कांग्रेसबाट सरकारमा रहेका एक मन्त्रीले नेपाल पानालाई जानकारी दिए । ‘नोभेम्बर २० तारिख अर्थात मंसिर ४ गते चुनाव गर्ने निष्कर्षमा पुगेका छौं। एक दुई दिनमै औपचारिक घोषणा हुन्छ,’ ती मन्त्रीले भने ।
यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै थापाले संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले बताए ।





