Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

सिम्रौनगढ नगरपालिका मा रहेको करार र ज्यालादारी कर्मचारी लाई बर्खास्त गर्न माग – युवा नेता शनि गुप्ता

spot_img

१.किन करार र ज्यालादारी कर्मचारीलाई बर्खास्त गर्नु पर्यो प्रस्ट पार्दिनु पर्यो ? युवा नेता शनि गुप्ता संग कुरा गर्दा भन्नू भयो नेपाली कांग्रेसको नेतृत्वको सिम्रौनगढ स्थानीय सरकारले मनपरि करार र ज्यालादारी कर्मचारी नियुक्त गरेको छ । बिगतको सरकार अफ्नो कर्याकर्तालाई पाल्न मनपरि कर्मचारी नियुक्त गरेको छ । हामीले बुझ्न जरुरी के छ भने विभिन्न विभागमा असक्षम, अशिक्षित र असमर्थ व्यक्ति जब प्रबेश गर्छ त्यो दिन नै हाम्रो समाज र देश अन्धकारमा डुबि हाल्छ ।

सिम्रौनगढ नगरपालिका मा यस्तो कर्मचारीहरु पनि छ्न, जुन बिना काम गरि तलब खादै आएको छ, जे.टि.ए. पढेको व्यक्ति अस्पतालमा काम गर्दैछ, काठमाडौंमा लेबर को काम गर्ने व्यक्ति पनि सिम्रौनगढ नगपालिका बाट तलब खादैछ, निर्वाचन को १/२ दिन अगाडि सम्म कर्मचारी नियुक्त गरियो, सिम्रौनगढ नगरपालिकाले जुन बेला कम्प्युटर अपरेटर नियुक्त गर्दै थियो त्यो बेला कयौं पार्टी को मान्छे लाई विशेष ग्रहयता दियो त्यस् कारण सक्षम युवाहरु विदेश पलायन हुने बाध्य हुन्छ । सबै भन्दा बढी ध्यान दिनु पर्ने कुरा के छ भने सिम्रौनगढ नगर अस्पतालमा आवश्यकता भन्दा बढी कर्मचारी राख्नु को कारण के छ त्यो बुझ्नै गर्हो अरु यस्तो धेरै कुरा हरु छ्न । शनि गुप्ता आफ्नो अधिकारिक फेस्बुक वालमा लेख्नुहुन्छ ।

१२ असार २०७९ #सिम्रौनगढ_नगरपालिका_लाई_ध्यानाकर्षण_होस ।। विगतमा सिम्रौनगढ नगरपालिकाबाट करोडौं र अर्बौं को भ्रष्टाचार भएको छ र आफ्नो कर्याकर्ता पाल्नको लागी सिम्रौनगढ नगरपालिकामा कर्याकर्ता लाई कर्मचारी बनाइ छिराएको छ । २०७४/७५ देखि २०७९ बैशाख को अन्तिम छ्न सम्म सिम्रौनगढ नगरपालिकाले करार, ज्यालादारी आदि मा कर्मचारी नियुक्ति गरिएको छ । त्यो राखिएको कर्मचारीहरु को समिक्षा होस अथवा सबै खारेज गरि पुनः vacancy खोल्नको लागी हार्दिक अनुरोधका साथ ध्यानाकर्षण गराउन चाहन्छु । यो नौलो र असम्भव कुरा छैन । देशको धेरै ठाँउमा भैइसकेको छ र हुदैछ । हाल सिम्रौनगढ नगरपालिका को मेयर किशोरी सर नेतृत्वको सरकारले यो आट देखाउन जरुरी छ ।

२.कार्यरत कर्मचारी लाई के भनु हुन्छ ? म के भन्न चाहन्छु भने वहाहरु पनि यसै सिम्रौनगढ को बासी हुनुहुन्छ सबैको जति वहाहरु को पनि अधिकार् छ । स्वच्छ पर्तिस्पर्धा को सुरुवात गरौं आउनुस स्वच्छ पर्तिस्पर्धा मा भाग लिनुस अनि पुन्ह काम गर्नुस, सहर्ष स्वीकार छ । शिक्षित, सक्षम र स्वच्छ व्यक्ती लाई पनि मौका दिनु पर्छ ।

३. यदि तपाईको माग र ध्यानाकर्षण गराएको कुरा सम्बोधन भएन भने अगाडि को योजना के छ ? यो मेरो मात्र व्यक्तिगत चासोको कुरो हैन, यो सिङ्गो सिम्रौनगढ बासी र युवाहरूको चासोको बिषय हो । यसको कडा बिरोध हुन्छ मलाई लाग्छ यदि कसैले रोकेर पनि रुक्ने कुरा छैन । यदि लो.स.पा नेपालको नेतृत्व को सरकार ले यो कुरा सम्बोधन गरेन भने कडा भन्दा कडा आन्दोलन को सामना गर्नुपर्छ । सिम्रौनगढ योद्धा को भुमि हो र सिम्रौनगढ सधै संघर्श गर्न तत्पर हुने ठाँउ हो ।

४. अन्तमा सिम्रौनगढ बासी लाई के भन्नू हुन्छ ? जब जब समाज रुपान्तरण को कुरा आउछ त्यो बेला युवाको शक्ति र उमेर दराज व्यक्तीको विवेक को आवश्यकता पर्दछ । गलत लाई प्रास्त गर्न र सहि लाई स्थापित गर्न सबैको आवश्यक छ । तपाईं सबै लाई हार्दिक अनुरोध गर्द्छु यदी माग सम्बोधन भएन भने हामी सबै संघर्ष गर्नको लागि तयार हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once