समाचारसमाज हिन्दूवादी अगुवाहरुको बृहत बैठक काठमाडौंमा सम्पन्न

spot_img

वीरगंज / हिन्दूवादी अगुवाहरुको बृहत बैठक एवं छलफल कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंस्थित मधेश मिडिया हाउसमा बसेकाे बैठकमा सनातन धर्मका अगुवा एवं अभियन्ताहरुको उपस्थिति रहेकाे थियो ।
हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले सहजीकारण गरेको बैठकमा धर्मपाल गुरु वशिष्ठ, दीपक महराज आत्रेय, डा.नारायणचार्य देवबाबा, राममणि दास, श्याम कुमार भट्टराई, बिष्णु खड़का, बिनोद खड़का, श्याम बहादुर सापकोटा, शांति रेग्मी, मोहन कृष्ण निरौला, पपु यादव, रवनिस राज पाण्डेय, बिरेन्द्र ठाकुर,उद्धव राज तुलाधार, राज देवी थापा, सुनीता रौनियार, महेन्द्र केसी, रामसोबित नायक, कृष्ण हरि थापा, पिंकी महासेठ, सागर थापा, राजीव देव,किशोर यादव सहित उपस्थिती थियाे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले हाम्रो आचरण सनातन धर्म अनुसार हुनु पर्ने, सहभोज कार्यक्रम ब्यापक रूपमा गर्ने, घरायसी संस्कारमा बिशेष जोड़ दिने, धार्मिक संघ संस्था बीच कार्य गर्दा सहकार्य गर्ने, हिन्दू धर्म र संस्कृति माथि आक्रमण हुँदा आ–आफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने, गुरुकुल स्थापनाबारे जनजागरण गर्नु पर्ने वताए ।
साथै गौ हत्या र तस्करी बारे आक्रमक कार्यक्रम गर्ने एवं संरक्षणका लागि रचनात्मक भूमिका निर्वाह गर्ने, लबजिहाद बारे ब्यापक जनचेतना जगाउने कार्य गर्ने, हाम्रो आस्था केन्द्र माथि बोलने र उत्तरीने समूह संग प्रतिकारको लागी तैयार रहने बिषय लगायतको सम्बन्धमा कार्य गर्न बक्ताहरुले जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once