Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

धोबिनीको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

spot_img

वीरगन्ज, ४ जेठ । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोबिनीले जनाएको छ ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका छन् । २० मत अन्तरले कुर्मीलाई पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँपालिका अध्यक्षका अर्का प्रतिस्पर्धी नेपका एमाले महमद सदाम हुसेन २ हजार ७१५ मत, नेकपा माओवादी केन्द्रका संतोष पटेल १३२ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका ललन प्रसाद कुर्मी ११३ मत पाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । मञ्जुले ३ हाजर १४३ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् । प्रियाँका भन्दा ५६६ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी भएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेकी अनारकली देवी कुर्मीन २ हजार ४०२ मत, लोसपाकी राजपती देवी कुर्मी ३१६ मत, स्वतन्त्र उम्मेदवार राजा प्रसाद कुर्मी २०९ मत र माओवादी केन्द्रकी राधिका चमैन ११५ मत पाएका छन् । अध्यक्ष र उपाध्यक्षमा २०७४ सालको निर्वाचनमा भन्दा ठीक उल्टो परिणाम देखिएको छ । २०७४ मा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम र हालका जसपा विजयी भएको थियो । त्यसबखत अध्यक्षमा कांग्रेसका बशिष्टका भाई सुरेश प्रसाद कुर्मी र उपाध्यक्षमा फोरमका पारसनाथ प्रसाद कुर्मी निर्वाचित भएका थिए । यस वर्ष उपाध्यक्षमा निर्वाचित मञ्जु उपाध्यक्षमा पारसनाथसँग पराजित भएकी थिइन् ।
३ वटा वडामा कांग्रेस र दुई वटामा जसपा विजयी
५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेस ३ वटा र जसपा २ वटा वडाको अध्यक्षमा जितेको छ । वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका बन्धु साह तेली, वडा नं. २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी, वडा नं. ३ मा पुनः कांग्रेसका राजकिशोर प्रसाद कुर्मी वडा नं. ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार र वडा नं. ५ मा पुनः मनौवर अहमद निर्वाचित भएका छन् । ०७४ को निर्वाचनमा तत्कालिन फोरमले ३ र कांग्रेसले २ वटा वडाको अध्यक्ष जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once