सखुवाप्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

spot_img

वीरगन्ज / पर्साको सखुवा प्रसौनी गाउँपालिको प्रशासनिक भवनको पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । गाउँपालिकाको वडा नं. २ पंचगावा बजारस्थित गाउँपालिका अध्यक्ष प्रदिप जससवालका बुवा रामेश्वर प्रसाद कलवार र आमा कलवाती देवीले दान गर्नु भएको ९ कठ्ठा २ धुर जग्गा निर्माण हुने भवनको अध्यक्ष यादवले शिलान्यास गरेका हुन् । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको समयमा अध्यक्ष जयसवालका आमा–बुवा जस्तो दानबिर कमै मान्छे पाउने भन्दै प्रशंसा समेत गरेका थिए । वडा नं. ३ का वडाध्यक्ष सलिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष यादवले जग्गा दाता अध्यक्ष जससवालका बुवा–आमालाई फुल माला र दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । हेलिकेप्टरबाट गाउँपालिकाको भवन शिलान्यास गर्न अध्यक्ष यादव काठमाडौंबाट सिधै सखुवा प्रसौनी पुगेका थिए । भवन शिलान्यास कार्यक्रममा संघिय सांसद प्रदिप यादव, जसपा नेता राजेशमानसिंह, प्रदेश सांसद मनजुर अन्सारी, करिमा बेगम, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once