Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

पर्साको ठोरी पर्यटकीय क्षेत्र घोषणा

spot_img

वीरगन्ज / पर्साको ठोरी गाउँपालिकालाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो । ठोरीको पूर्वाधार विकासको लागि मन्त्रिपरिषद् बैठकले १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरी यसलाई पर्यटकीय हिसाबले महत्वपूर्ण बनाउनका लागि प्रदेश सरकारले १० करोड प्याकेज दिने निर्णय गरेको बताए ।
‘प्रदेशकै ठोरी पहिलो पर्यटकीय पालिका हो,’ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने, ‘यो राम्रो होस्, पर्यटनको केन्द्र बनोस् । थप आकर्षण बनाउनका लागि १० करोडको प्याकेज घोषणा गरेका छौं ।’ पर्यटक आकर्षण गर्नलाई विभिन्न कार्यक्रम त्यसभित्र पर्नसक्ने उनले बताए । पालिकाको आवश्यकता अनुसार उक्त रकम खर्च गरिने पनि मुख्यमन्त्री राउतको भनाइ छ ।
ठोरीमा बसेको प्रदेश सरकारको बैठकमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग तथा पर्यटनमन्त्री शत्रुघन महतो, अर्थमन्त्री शैलेन्द्र साह, खानेपानी मन्त्री ओमप्रकाश शर्मा, सामाजिक विकासमन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, कानुनमन्त्री प्रमोद यादवको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once