बलिउडमा खेलाडी कुमार (अक्षय कुमार) सफलताको यात्रा

spot_img

बलिउडमा खेलाडीको उपनामले चिनिने अभिनेता अक्षय कुमारका सन् २०१९ मा पाँच फिल्म प्रदर्शनमा आए। जसमध्ये ‘केसरी’ले २ सय करोडमाथि, ‘मिसन मंगल’ले २ सय ९० करोडमाथि, २ सय ८० करोडमाथि र ‘गु्ड न्युज’ले झण्डै ३ सय २० करोड कमायो। अक्षय त्यो वर्ष सर्वाधिक बक्स अफिस कलेक्सन गर्ने बलिउड अभिनेता पनि बने।

२०१९ मा मात्रै होइन् अक्षयका हरेक वर्ष औषतमा ३ देखि ४ फिल्म प्रदर्शनमा आइरहेका हुन्छन्। सन २०१८ मा उनका ४ फिल्म प्रदर्शनमा आए। त्यस्तै, २०१७ मा ३ वटा, २०१६, २०१५, २०१४ मा समान ४ वटा, २०१३ मा ५ वटा फिल्म प्रदर्शनमा आए। सन २०९१ देखि बलिउडमा प्रवेश गरेका उनलाई कहिल्यै पनि फिल्मको अभाव भएन। त्यसै अनुसार निर्मातालाई खुशी पनि बनाइरहेका हुन्छन्।

कोरोना महामारी सुरु भएपछि भने यसको असर अक्षयलाई पनि परेको छ। सन २०२० मा अक्षयको एउटा मात्र फिल्म ‘लक्ष्मी’ प्रदर्शनमा आयो। हल खोल्ने अवस्था नभएपछि उक्त फिल्म ओटिटि प्लाटफर्म डिज्नी प्लस हटस्टारबाट प्रदर्शन भएको थियो।

२०१९ मा प्रदर्शनमा आएको ‘गुड न्युज’पछि हलमा ‘बेल बटम’ प्रदर्शन भयो। एक महिनाअघि प्रदर्शनमा आएको फिल्मले किर्तिमानी व्यापार गरेकाे छ। विश्वभरीबाट ५० करोड कमाउन सफल फिल्म कोरोना महामारी सुरू भएपछि सबैभन्दा बढी कमाउने बलिउड फिल्म बनेको हो। जसमा ३० करोड भारतबाट र २० करोड देश बाहिरबाट कमाएको हो।

सामान्य अवस्थालाई हेर्ने हो भने यो कलेक्सन औसत भन्दा पनि कम हो। फिल्मको जम्मा बजेट ७० करोडको हाराहारी रहेको बताइएको छ। अरूबेला ३ हजार देखि ४ हजार स्क्रिनमा प्रदर्शनमा आउनेमा यो पटक एक हजार भन्दा पनि कम स्क्रिनमा फिल्म देखाइएको थियो। त्यसरी हेर्दा फिल्मले राम्रो कमाइ गरेको मान्न सकिन्छ तर सिंगो फिल्मले विश्वभरीबाट जम्मा गरेको रकम अक्षयले एउटा फिल्म खेलेबापत् लिने पारिश्रमिक भन्दा पनि कम हो।

भारतीय सञ्चार माध्यमका अनुसार अक्षयको एउटा फिल्मको पारिश्रमिक सय करोडभन्दा बढी रहेको छ। प्रसारण तथा सेटलाइट अधिकार बिक्रि गरेको रकमले फिल्म घाटामा जानबाट जोगाएको निर्माण टोलीले जनाएको छ।

‘बेल बटम’ बाहेक ‘पृथ्वीराज’, ‘सुर्यवंशी’, ‘बच्चन पाण्डे’ र ‘अतरंगी रे’ अक्षयका निर्माण सम्पन्न भइसकेका तर प्रदर्शनको मिति कुरिरहेका फिल्म हुन्। त्यस्तै ‘राम सेतु’, ‘रक्षा बन्धन’, ‘सिन्ड्रेला’ र ‘ओ माइ गड २’ को छायांकन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once