बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको परेवाभिर खण्ड मर्मत गरिँदै

spot_img

धादिङ,२० भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको उक्त सडक हाल एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएको थियो। सडकको आवश्यक मर्मत कार्य गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार उक्त खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो। प्रशासनका अनुसार शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घण्टा परेवाभिर हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

बाढीका कारण सडक क्षतिग्रस्त भएपछि एकतर्फी रूपमा सञ्चालन हुँदै आएको सडकमा मर्मत कार्य सम्पन्न गर्न आवागमन रोकिएको प्रशासनले जनाएको छ। मर्मत कार्यका क्रममा सडकमा सवारी साधन सञ्चालन गर्दा काम प्रभावित हुने तथा यात्रुका लागि समेत जोखिम हुन सक्ने भएकाले अस्थायी रूपमा सडक बन्द गरिएको हो।

अत्यावश्यक सवारीलाई भने छुट

प्रशासनले सडक पूर्ण रूपमा बन्द गरे पनि एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारी साधनलाई भने सञ्चालन हुन दिने जनाएको छ। मर्मत कार्यका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमाप्रार्थी हुँदै निर्धारित समय अवधिमा यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक मर्मत कार्य सम्पन्न भएपछि नियमित रूपमा सवारी आवागमन सञ्चालनमा ल्याइने प्रशासनले जनाएको छ। यात्रु तथा चालकलाई मर्मत कार्यको समयलाई ध्यानमा राखी आफ्नो यात्रा योजना बनाउनसमेत आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once