संघीय सरकारका कर्मचारीले अब १५/१५ दिनमा तलब पाउने

spot_img

काठमाडौं,०२ भदौ । संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीले अब हरेक १५/१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गतका निकायमा अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै अर्धमासिक तलब भुक्तानीसम्बन्धी व्यवस्थाबारे जानकारी गराएको हो। अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास हुन नसक्दा उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन।

महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयअनुसार अब हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा कर्मचारीलाई तलब भुक्तानी गरिनेछ। नयाँ व्यवस्थाअनुसार तलबसँगै सम्बन्धित भत्ता समेत अर्धमासिक रूपमा भुक्तानी हुने व्यवस्था गरिएको छ। कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई आफ्नो कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट उक्त व्यवस्थाअनुसार तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भए आवश्यक व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।

सरकारले अर्धमासिक तलब भुक्तानी कार्यक्रमको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि नै सबै संघीय निकायमा यो व्यवस्था विस्तार गर्ने सरकारको तयारी रहे पनि प्रणाली विकासलगायतका कारण कार्यान्वयनमा करिब एक महिना ढिलाइ हुने भएको हो। अब नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि संघीय सरकार मातहतका कर्मचारीले हालको मासिक तलब भुक्तानीको सट्टा महिनामा दुईपटक तलब तथा भत्ता प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once