छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न, ३५ करोड ९८ लाख बजेट पारित

spot_img

वीरगंज,२९ साउन । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ करोड ९८ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहका अनुसार पारित बजेटमा वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ४५ लाख ५४ हजार, राजस्व बाँडफाँडबाट ९ करोड ११ लाख ३८ हजार, आन्तरिक आयतर्फ २ करोड १ लाख ८ हजार, सशर्त अनुदानतर्फ १३ करोड ६५ लाख तथा अन्य अनुदानतर्फ ७५ लाख रुपैयाँ रहेको छ ।

कुल बजेटमध्ये चालुतर्फ २९ करोड ९६ लाख रुपैयाँ र विकास तथा पुँजीगत खर्चतर्फ ५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय भिस्वामा सम्पन्न गाउँसभामा उपाध्यक्ष लिलावती देवी कानु, प्रमुख प्रशासकीय अधिकृत साह, वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once