जनकपुरधाममा कर्फ्युका कारण रेल सेवा स्थगित

spot_img

काठमाडौं,१५ साउन । जनकपुरधाममा जारी कर्फ्यु आदेशका कारण जयनगर–जनकपुर–भंगहा रेलखण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।

नेपाल रेल्वे कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै कर्फ्यु आदेश कायम रहुञ्जेलसम्म रेल सेवा बन्द रहने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार कर्फ्युको अवस्थालाई ध्यानमा राख्दै सेवा सञ्चालन गर्दा यात्रुहरूको सुरक्षामा जोखिम हुन सक्ने भएकाले रेल सेवा हालका लागि रोकिएको हो।

नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंह ले सूचना जारी गर्दै कर्फ्यु आदेश प्रभावमा रहुञ्जेल जयनगर–जनकपुर–भंगहा रेलखण्डमा सञ्चालन हुने सम्पूर्ण रेल सेवा स्थगित रहने जानकारी दिएका छन्।

कम्पनीले कर्फ्यु आदेश हटेपछि परिस्थितिको मूल्याङ्कन गरी रेल सेवा पुनः सञ्चालनबारे आवश्यक सूचना सार्वजनिक गरिने जनाएको छ। यात्रुहरूलाई आधिकारिक सूचनामार्फत अद्यावधिक जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once