Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img
29.5 C
Kathmandu

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न जनकपुरधाममा सम्पदा यात्रा

spot_img

जनकपुरधाम,०२ जेष्ठ । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ। शनिबार जनकपुरधाममा उक्त सम्पदा यात्रा भव्य रूपमा सम्पन्न भएको हो।

जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको थियो। 

यात्राका क्रममा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा बाजागाजासहित पदयात्रा गरिएको थियो। सहभागीहरूले सम्पदाको संरक्षण र प्रवर्द्धनको आवश्यकता औँल्याउँदै विभिन्न नारासमेत लगाएका थिए। आयोजकका अनुसार जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन दबाब तथा जनचेतना सिर्जना गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। यात्राले जनकपुरधामको सांस्कृतिक पहिचान संरक्षणप्रति समुदायको चासो र प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once