Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज प्रिमियर लिग–३ को ट्रफी अनावरण, खेलप्रेमीमा उत्साह थपिँदै

spot_img

वीरगंज,१६ चैत । वीरगञ्जमा आयोजना हुन लागेको ‘वीरगञ्ज प्रिमियर लिग’ (बीपीएल–३) को ट्रफी सार्वजनिक गरिएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि ट्रफी सार्वजनिक गरेका हुन्। सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बोल्दै संयोजक कादमियाले बीपीएल–३ ले वीरगञ्जको खेलकुद क्षेत्रमा थप उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once