काठमाडौं,१३ चैत । बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ। रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को संरचना पनि टुंगो लागेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाल्ने भएका छन् । अर्थमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्ले सम्हाल्नेछन् भने गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाई दिइने भएको छ ।
परराष्ट्रमन्त्रीमा शिशिर खनाल, उर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, उद्योगमन्त्रीमा अमरेश कुमार सिंह, र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल हुने भएका हुन् । कृषि मन्त्रालय गीता चौधरीको जिम्मेवारीमा रहेको छ भने सञ्चार मन्त्रालयमा विक्रम तिमल्सिनाको नाम फाइनल भएको स्रोतले जनाएको छ ।
श्रम मन्त्री दिपक साह, शिक्षा मन्त्री सस्मित पोखरेल, पर्यटन मन्त्री खडक पौडेल, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हाल्ने भएकी छन्।





