Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजमा स्रोत नखुलेको ९ लाखसहित एक जना पक्राउ

spot_img

वीरगंज,१२ चैत । पर्साको वीरगंज भन्सार मेनगेटबाट स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो करिब ३:३० बजे वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्साबाट खटिएको चेकपोस्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगद फेला परेको हो। बरामद गरिएको नगदमा नेपाली १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

सशस्त्र प्रहरी नायब निरीक्षक मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको टोलीले नगद, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once