साइबर ब्यूरोको कारबाही: प्रभु बैंकका विभाग प्रमुख डङ्गोल पक्राउ

spot_img

काठमाडौँ,०४ चैत । नेपाल प्रहरी साइबर व्यूरो ले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार प्रतिवादी अशोक शेरचनमाथि अनुसन्धान भइरहेका बेला नयाँ तथ्य फेला परेपछि डङ्गोलमाथि पनि छानबिन सुरु गरिएको हो। डङ्गोलले बैंकको महत्वपूर्ण विभागमा कार्यरत भएर नेपाल राष्ट्र बैंक को निर्देशन र प्रचलित कानुन विपरित काम गरेको पाइएको छ। साथै प्रभु म्यानेजमेन्ट प्रालिमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको देखिएको छ।

साइबर ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठका अनुसार डङ्गोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी रहेकाले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once