सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीले सामग्री प्राप्त

spot_img

काठमाडौं,०३ चतै । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्।

काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो। उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्फबाट निर्देशक टीकाराम न्यौपाने र दिवस न्यौपानेले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको कम्पनीले जनाएको छ। यस सहयोगले प्रहरी सेवाको प्रवाह अझ प्रभावकारी बन्ने विश्वास लिइएको छ।

दुवै कम्पनीले विगतदेखि नै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्वोत्तम सिमेन्ट आधुनिक युरोपियन VRM प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो। दैनिक ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट तथा क्लिंकर प्लान्ट सञ्चालनमा रहेको कम्पनीले ISO 9001, ISO 14001 लगायतका गुणस्तर मापदण्ड प्राप्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once