Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

सहिद परिवारलाई भेट्दै सपथ लिन हिँडे सांसद पन्त

spot_img

वीरगंज,२ चैत । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सपथ ग्रहणका लागि काठमाडौं जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन्।

सोमबार सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग सहिदको घरमै पुगेर भेट गरेका हुन्।

भेटका क्रममा सांसद पन्तले सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको बलिदानीको उच्च सम्मान गर्नुपर्ने बताए । उनले जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सहिदहरूको योगदान सधैँ स्मरणीय रहने बताए।

साथै उनले सहिद परिवारबाट एक जनालाई रोजगारी उपलब्ध गराउन अब बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । भेटका क्रममा सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि प्रकट गरेका थिए।

जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते कोटेश्वरमा भएको प्रदर्शनका बेला गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा, आमा तथा भाइहरू रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once