पर्सा–१ मा रामकिशोर सिंहको घरदैलो अभियान तीव्र, अपौनी र हरपतगन्जमा गाउँवासीको एकजुट समर्थन

spot_img

वीरगंज,१३ फागुन । रामकिशोर सिंह (पराग), उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार, ले आज आफ्नै गाउँ वीरगंज महानगरपालिका वडा नम्बर २० अन्तर्गत अपौनी र हरपतगन्जमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उत्साहपूर्वक फूलमाला तथा गम्छा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत गर्दै समर्थन व्यक्त गरेका थिए। गाउँभरि उल्लेखनीय जनसहभागिता देखिएको थियो।

भेटघाटका क्रममा स्थानीयवासी तथा युवाहरूले देशलाई शिक्षित, सक्षम र इमान्दार युवा नेतृत्व आवश्यक रहेको धारणा राख्दै “हामीलाई गाउँ मात्र होइन, समग्र नेपालका लागि सोच्ने र काम गर्ने युवा सांसद चाहिएको छ” बताएका थिए।

स्थानीयहरूले वडा अध्यक्षका रूपमा निर्वाचित भई विकास निर्माणका कामसँगै महानगरभित्र देखिएका विकृति र भ्रष्टाचारविरुद्ध आवाज उठाएको साहसको प्रशंसा गर्दै सिंहप्रति विश्वास व्यक्त गरेका थिए। “हामी सम्पूर्ण गाउँवासी तपाईंको समर्थनमा छौं र सकेसम्म पूर्ण सहयोग गर्नेछौं,” भन्दै एकजुट समर्थन जनाइएको थियो।

सम्पूर्ण गाउँवासीहरू एकजुट भई घरदैलो कार्यक्रममा सहभागी भएका थिए र आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा उम्मेदवार सिंहले गाउँवासीहरूको माया, स्नेह र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर गुनासा सुन्ने र समग्र विकासका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“म पुराना पार्टी र उम्मेदवार जस्तो हुने छैन। जित–हार आफ्नो ठाउँमा हुन्छ, तर म नेता भएर होइन, सम्पूर्ण जनताको सेवक बनेर काम गर्नेछु,” सिंहले बताउनुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once