Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

चैनपुर टोलमा रास्वपाको जनसम्पर्क अभियान तीव्र, सुशील कुमार कानुलाई स्थानीयको बलियो साथ

spot_img

वीरगंज,०३ फागुन ।पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए। स्थानीयसँगको संवादमा उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारीको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे। उम्मेदवार कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य र शिक्षा बलियो भए मात्रै समाज र राष्ट्र समृद्ध बन्छ,” उनले भने, “स्थानीय तहमा प्रभावकारी सेवा पुर्‍याउन र युवालाई रोजगारीमा जोड्न विशेष कार्यक्रमहरू ल्याइनेछन्।”

कानुले कृषकहरूको समस्या समाधानका लागि समयमै मल, सिँचाइ तथा उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरे। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो। घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक भएको बताउँदै परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका थिए। स्थानीय मतदाताहरूले यसपटक एकजुट भएर रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हरहालतमा विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गरे। उनले जनताबाट प्राप्त सुझाव र अपेक्षालाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once