वीरगंज,०३ फागुन । आगामी निर्वाचनको तयारीका क्रममा पर्सा क्षेत्र नम्बर १ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। आज विभिन्न वडाका दुई दर्जनभन्दा बढी जेन्जि पुस्ताका युवाहरूले जनमत पार्टीमा प्रवेश गरी पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फलाई विजयी गराउन आफ्नो पूर्ण समर्थन र प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगन्ज–२० का शत्रुधन यादव र वीरगन्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा पार्टी प्रवेशमा सहभागी भएका थिए। उनीहरूले आफूहरूको राजनीतिक चेतना र समाजसेवामा सक्रिय भई पार्टीको आगामी अभियानलाई सशक्त बनाउन योगदान दिने प्रतिवद्धता जनाएका छन्।
नव प्रवेशी युवाहरूलाई ओमप्रकाश सरार्फ सहित पार्टीका वरिष्ठ नेता रम्भा मिस्रा, भुपेन्द्र साह, डा. मनोज कुमार र युवा नेताहरू मनोज साह, अजित सिंहले स्वागत गरेका थिए। स्वागत समारोहमा नेताहरूले युवाहरूलाई पार्टीको अभियानमा सक्रिय भूमिकामा लाग्न प्रेरित गर्दै आगामी निर्वाचनमा क्षेत्र नम्बर १ मा विजय सुनिश्चित गर्ने रणनीतिमा एकसाथ काम गर्न आग्रह गरे।
युवाहरूले भने, “हामीले हाम्रो ऊर्जा र क्षमतालाई जनमत पार्टीको सेवा र क्षेत्रको विकासमा समर्पित गर्नेछौं। हाम्रो उद्देश्य ओमप्रकाश सरार्फलाई जिताएर क्षेत्रलाई सामाजिक, आर्थिक र राजनीतिक दृष्टिले अघि बढाउनु हो।”
यो कदमले न केवल पार्टीको जनसमर्थन बढाएको छ, तर युवा पुस्ताको राजनीतिक चेतना र सक्रियताको पनि प्रमाण दिएको छ। नव प्रवेशी युवाहरूको यो जोश र प्रतिबद्धताले आगामी निर्वाचनमा जनमत पार्टीलाई निर्णायक बल प्रदान गर्ने अपेक्षा गरिएको छ।
जनमत पार्टीले युवा शक्ति, सामाजिक उत्तरदायित्व र समर्पणमार्फत पर्सा–१ मा आफ्नो प्रभाव सुदृढ गर्दैछ। युवाहरूको उत्साह र सक्रियताले पार्टीको अभियानलाई नयाँ गति दिएको छ र क्षेत्रको विकासमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बढाएको छ।





