Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो, चाँदी ५० रुपैयाँले बढ्यो

spot_img

काठमाडौँ,२९ माघ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ कायम थियो। गत मङ्गलबार सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तीन लाख चार हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने आज प्रतितोला ५० रुपैयाँले बढेको छ। आज एक तोला चाँदीको मूल्य पाँच हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार २९० रुपैयाँ र मङ्गलबार पाँच हजार २४० रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ रहेको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८३ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once