Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा बालबालिकाको शिक्षा–सुविधा: अपाङ्गता भएका विद्यार्थीलाई आर्थिक सहयोग

spot_img

वीरगंज,२८ माघ । वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई पाँच हजार रुपैयाँ दरले नगद सहयोग प्रदान गरेको हो।

महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक विशेष कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको बताउनुभयो। उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेँलो परिचयपत्र प्राप्त बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार रातो र निलो कार्डधारी अपाङ्गता भएका व्यक्तिले सरकारबाट मासिक भत्ता पाउने भए पनि सेतो र पहेँलो कार्डधारीले आर्थिक सहयोग नपाउने अवस्था छ। सोही अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र अन्य आवश्यकताका लागि सहयोग उपलब्ध गराइएको उहाँले स्पष्ट पार्नुभयो।

सहयोग प्राप्त गर्ने १६ बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको पढाइ निरन्तरता पाउने र थप हौसला मिल्ने बताएका छन्।

महानगरपालिका र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त पहलले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once