Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

पर्सा–२ मा नेकपाका उम्मेदवार मनोज चौधरीको घरदैलो अभियान तीव्र

spot_img

वीरगंज,२५ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले चुनावी अभियानअन्तर्गत बहुदरमाइ नगरपालिका वडा नं. २ का विभिन्न टोलमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले सिसियाडी, बैरिया र पिपरा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी योजना, एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए । यस क्रममा उनले मतदातासँग संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र सुझावसमेत संकलन गरेको नेकपाका केन्द्रिय सदस्य बृजलाल पासवानले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, विपिन यादव र वीरेन्द्र यादव, केन्द्रीय सल्लाहकार रामआश्रय राम, नेता जयशंकर यादव, दीपेन्द्र सिंह पटेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियाे ।

निर्वाचन नजिकिँदै जाँदा पार्टीले पर्सा क्षेत्र नं. २ का विभिन्न बस्तीमा घरदैलो तथा जनसम्पर्क अभियानलाई थप तीव्र बनाउँदै लैजाने क्षेत्रिय कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once