Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान, बारवा टाडीमा स्थानीयको उत्साहजनक सहभागिता

spot_img

वीरगंज,२५ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सा नगरपालिका वडा नम्बर–४ स्थित बारवा टाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घरदैलो अभियान सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको आशीर्वाद, युवाहरूको उल्लेखनीय सहभागिता तथा स्थानीयवासीको सक्रिय समर्थन देखिएको थियो।

घरदैलो क्रममा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्रमुख समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुभयो। सो क्रममा स्थानीय कृषकहरूले जंगली जनावरबाट बालीमा भइरहेको ठूलो क्षतिबारे गुनासो गरेपछि उम्मेदवार कानुले निर्वाचित भएमा उक्त विषय संसदसम्म पुर्‍याएर दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उम्मेदवार कानुले वैदेशिक रोजगारीका कारण गाउँ–घर खाली हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीयस्तरमै उत्पादनमूलक रोजगारी विकास गर्ने र विदेशबाट फर्किएका युवालाई आत्मनिर्भर बनाउने योजनाबारे जानकारी दिनुभयो। साथै, स्थानीय महिलालाई पशुपालनसम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने, स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो।

कानुले कृषकहरूलाई जंगली जनावरबाट हुने क्षतिलाई समयमै समाधान गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा व्यवहारिक विकासमार्फत समृद्ध समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सुशासन र विकासको सन्देश टोल–टोलसम्म पुर्‍याइने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रास्वपाको वैकल्पिक राजनीति, सुशासन र विकासको एजेन्डाप्रति चासो र समर्थन व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once