Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

पर्सा–१ मा पुरानो राजनीति विरुद्ध स्वर, चोरनी गाउँमा रामकिशोर सिंह (पराग)को रात्री भेटघाट

spot_img

वीरगंज,२५ माघ । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत पर्ने चोरनी गाउँमा रात्री भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विगतका नेताहरू चुनावको समयमा मात्र भोट माग्ने र निर्वाचित भएपछि जनतालाई बेवास्ता गर्ने गरेको गुनासो व्यक्त गरे। उनीहरूले अब पुरानो प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरे र पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, उहाँ पुराना नेताजस्तै नबन्नुहोला भन्ने अपेक्षा राख्दै अग्रिम शुभकामना पनि दिएका थिए।

कार्यक्रममा उम्मेदवार सिंहले आफू निर्वाचित भएमा सबैभन्दा पहिले आफ्नै निर्वाचन क्षेत्रका स्थानीय बासिन्दा र युवाहरूसँग समन्वय गरी सल्लाह–सुझाव संकलन गर्ने सचिवालय स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीमा युवाको सहज पहुँच सुनिश्चित गर्ने र ‘युवाको नीति, युवाकै नेतृत्व’ अवधारणालाई व्यवहारमा उतार्ने कुरामा विशेष जोड दिनुभयो।

सो अवसरमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार ई. तेज नारायण यादव, जिल्ला संयोजक रामबाबु प्रसाद यादवलगायत पार्टीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। रात्री भेटघाटले स्थानीयस्तरमा उत्साह र आशा जगाएको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once