Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

पर्सा–२ सिर्सियामा रास्वपाको घरदैलो, ड्राइपोर्ट मुआब्जा प्रमुख एजेन्डा

spot_img

वीरगंज,२४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार कानुले वीरगञ्ज ड्राइपोर्ट (सुक्खा बन्दरगाह) का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखि मुआब्जाबाट वञ्चित तथा अन्यायमा परेका जग्गाधनीको समस्या न्यायोचित रूपमा समाधान गर्न आफूले पहल गर्ने उनले बताए।

स्थानीय जग्गाधनीहरूले ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम अपर्याप्त भएको र समयमै भुक्तानी नपाएको गुनासो राखेका थिए। उनीहरूका अनुसार यस समस्याले उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा गम्भीर असर पारेको छ। साथै, वर्तमान बजार मूल्यअनुसार मुआब्जा दर पुनरावलोकन गर्नुपर्ने मागसमेत स्थानीयवासीले अघि सारे।

उम्मेदवार कानुले निर्वाचित भएपछि सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी तथा प्रभावित परिवारलाई न्याय सुनिश्चित गर्ने दिशामा ठोस पहल गरिने स्पष्ट पारे। सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको प्रमुख प्राथमिकता रहेको उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले ड्राइपोर्ट मुआब्जा समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहलको अपेक्षा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once