Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

विकास र सेवाको एजेन्डासहित अशोक टेमानीको घरदैलो तीव्र, वीरगंजमा जनतासँग प्रत्यक्ष संवाद

spot_img

वीरगंज (पर्सा), २३ माघ ।  पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएका छन्। बिहीबार उनले वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्ता लगायत विभिन्न क्षेत्रमा भव्य घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्।

घरदैलो अभियानका क्रममा टेमानीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा अन्य आधारभूत सेवासम्बन्धी स्थानीय समस्या नजिकबाट सुने। मतदाताबाट प्राप्त सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै उनले निर्वाचित भएमा ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।

‘म नेता बन्न होइन, जनताको सेवक भएर काम गर्न चाहन्छु। आजको आवश्यकता जवाफदेही, काममुखी र जनतासँग जोडिएको राजनीति हो,’ टेमानीले बताए।

वडा नं. २६ का मतदातासँगको संवादमा उनले मधेश र पर्साको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आवश्यक रहेको उल्लेख गरे। वीरगंजलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व अपरिहार्य रहेको उनको भनाइ थियो।
‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताको आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले थपे।

घरदैलो अभियानमा सहभागी स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका छन्। पछिल्लो समय क्षेत्रमै निरन्तर सक्रिय रहँदै आएका टेमानीले जनताको विश्वास जित्दै गएको स्थानीयको भनाइ छ।

जसपा नेपालले पर्सा–२ लाई रणनीतिक रूपमा महत्व दिएको छ। त्यसअनुसार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवादलाई अभियानको मुख्य आधार बनाउँदै आएका छन्। उनी लगातार क्षेत्रमै बसेर मतदातासँग घुलमिल भइरहेका छन्, जसले जनतामा विश्वास र उत्साह थपिएको देखिन्छ।

मधेश प्रदेशकै सफल उद्योगी तथा व्यवसायीका रूपमा परिचित टेमानी विगत दशकौँदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नेतृत्वसमेत गरिसकेका उनले विभिन्न संघसंस्थामा अध्यक्षका रूपमा अनुभव हासिल गरेका छन्। यही अनुभवलाई नीतिगत तहमा प्रयोग गर्दै क्षेत्रीय समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन्।

घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिँदै अघि बढिरहेका टेमानीले पर्सा–२ मा जसपा नेपालको बलियो उपस्थिति र विकास तथा सेवामा केन्द्रित सकारात्मक सन्देश फैलाइरहेका छन्। उनका अभियानले मतदातामा आशा जगाएको छ, जसले आगामी निर्वाचनमा जनताको सक्रिय सहभागिता र व्यापक समर्थन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once