Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

पर्सा क्षेत्र–२ मा टेमानीको सक्रिय घरदैलो, मतदाताको भरोसा थपिँदै

spot_img

वीरगंज, २२ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका टेमानीको घरदैलो अभियान बिहीबार वीरगंज महानगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो ।

चुनावी प्रचारप्रसारको महत्वपूर्ण चरणमा प्रवेश गरेको यस अभियानअन्तर्गत टेमानीले वीरगंज महानगरपालिका वडा नं. १० का विभिन्न टोलमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् । घरदैलो अभियानको क्रममा टेमानीले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट सुन्ने प्रयास गरेका थिए । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवा सुविधाका विषयमा नागरिकले राखेका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै टेमानीले आफू निर्वाचित भएपछि ती समस्यालाई प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता जनाए । उनले आफू नेता होइन, जनताको सेवक भएर काम गर्ने स्पष्ट धारणा व्यक्त गर्दै विगतका राजनीतिक अभ्यासभन्दा फरक र जवाफदेही राजनीति आवश्यक रहेको बताए ।

वडा नं. १० का मतदाताहरूसँगको भेटमा टेमानीले मधेश र पर्साको विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरेका थिए । वीरगंजलाई आर्थिक र औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारमा बलियो आवाज आवश्यक रहेको उनको भनाइ थियो । ‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले भने । घरदैलो अभियानकै क्रममा स्थानीय मतदाताबाट टेमानीप्रति उत्साहजनक समर्थन देखिएको छ । धेरै मतदाताले टेमानीको सरल स्वभाव, पहुँचयोग्य व्यवहार र स्थानीय स्तरमै सक्रिय रहेको भूमिकाको प्रशंसा गरेका थिए । विगत केही समयदेखि निरन्तर क्षेत्रमै बसेर जनतासँग घुलमिल हुँदै आएका टेमानीप्रति विश्वास बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ ।

जसपा नेपालले पर्सा–२ लाई यसपटक महत्वपूर्ण क्षेत्रका रूपमा लिएको छ । त्यसैअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवादलाई अझ सशक्त बनाउँदै लगेका छन् । आगामी दिनमा अभियानलाई थप व्यापक बनाउने तयारी रहेको बताइएको छ । घरदैलो अभियानमा टेमानीले जनताको पूर्ण रुपमा समर्थन पाइरहेका छन् । पर्सा क्षेत्र नंं. २ का मतदाताहरुले उनलाई अत्याधिक मतका साथ विजयी गराउने प्रतिबद्धता जनाई रहेका छन् ।

नेता भन्दा पनि जनताको सेवाका लागि निर्वाचनमा होमिएका टेमानी मधेश प्रदेशकै सफल उद्योगी व्यवसायीको रुपमा चिनिन्छन् । विगत दशकौंदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका टेमानी नीतिगत ठाउँमा पुगेर यस क्षेत्रको समस्यालाई दीर्घकालीन समाधान गर्ने उद्देश्य सहित प्रतिनिधिसभा सदस्य निर्वाचनको मैदानमा उत्रिएका हुन् । उनी निर्वाचित भए यस क्षेत्रको जनताले विकासको साथसाथै शिक्षा, स्वास्थ्य, रोजगारीमा पनि विशेष अवसर पाउने मतदाताहरुको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once