Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

पर्सा क्षेत्र नं. २ को हरपुरमा जसपाका उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान

spot_img

वीरगंज, २१ माघ । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान बुधबार पर्सागढी नगरपालिकाको वडा नं. ८ स्थित सम्पन्न भएको छ । घरदैलो अभियान अन्तर्गत वडा नं. ८ को हरपुर स्थित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलामा जनता समाजवादी पार्टीसँग आबद्ध स्थानीय अगुवा कार्यकर्ताहरुले त्यस क्षेत्रको समस्याबारे जानकारी गराएका थिए ।
उनीहरुले पटक पटक नेताहरुलाई चुनाव जिताएका यस क्षेत्रका जनताहरुले यस पटक विकासप्रेमी, अनुभवी तथा शिक्षित व्यक्ति जसपाका उम्मेदवार अशोक टेमानीलाई अत्याधिक मतका साथ जिताउन आग्रह गरेका थिए । उनीहरुले विगतमा चुनाव जितेर गएका कुनैपनि पार्टीका नेताहरु अहिलेसम्म गाउँको समस्या बुझ्‌न नआएकोको गुनासो गर्दै कसैको प्रलोभन नपर्न सुझाव दिएका थिए ।
यस नगरपालिकाका जसपाका अगुवाहरु अन्य पार्टी प्रवेश गरेको हल्ला फैलाइएको भन्दै भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरेका थिए । पर्सा क्षेत्र नं. २ मा पर्ने पर्सागढी नगरपालिकाको विभिन्न वडा एवं टोलहरुमा जसपा पार्टीको बाहुल्यता रहेको दाबी गर्दै फागुन २१ गते हुने निर्वाचनमा जसपाप्रति अडिग रहन मतदाताहरुलाई आग्रह गरे ।
उनीहरुले यस क्षेत्रका सम्पूर्ण जनताहरुको समस्याबारे आफूहरुले सुन्दै आएको र समाधानको प्रयास पनि गर्दै आएकोले त्यही कार्यलाई निरन्तरता दिदै आगामी दिनमा पनि यस पार्टीसँग आबद्ध नेता कार्यकर्ताहरुले जनताको सेवामा सदैव तयार रहने विश्वास व्यक्त गरेका थिए ।
आफ्‌नो पार्टीको बाहुल्यता रहेमात्रै विकास हुने भन्दै उनीहरुले जसपाका उम्मेदवार अशोक टेमानीलाई विना विचलित भई छाता छापमा मतदान गर्न आग्रह गरेका थिए । यस क्षेत्रमा जसपा अग्रपँक्तिमा रहेको दाबी गर्दै जसपाका अगुवा नेता कार्यकर्ताहरुले निर्वाचनको बखत विभिन्न प्रलोभन देखाउन आउने उम्मेदवारहरुबाट बच्न आग्रह गर्दै जसपाप्रति अडिग रहन भने ।
उनीहरुले भने, ‘विगतका दिनका अन्य नेताहरु कमाउनका लागि भोट माग्न आए, तर यस पटक जनताको सेवाको लागि जसपाका उम्मेदवार अशोक टेमानी जनताको घरदैलोमा आएका छन्, उनलाई हामीले मौका दिनुपर्छ, अत्याधिक मतले जिताउनुपर्छ ।’
पैसा कमाउनका लागि नेताहरु निर्वाचन लड्छन्, जित्छन् पनि तर उनीहरु एक पटक पनि मुख देखाउन आउँदैनन्, तर आफ्‌नो सफल उद्योग व्यावसाय छाडेर जनताको सेवा गर्न आएका हाम्रो जनता समाजवादी पार्टीका उम्मेदवार शिक्षित, विभिन्न क्षेत्रको लामो अनुभवी टेमानीलाई अत्याधिक मतका साथ जिताउन अगुवा कार्यकर्ताहरुले मतदाताहरुसँग आग्रह गरेका थिए ।
साथै यस विकास भन्दा झठा भाषण गर्दै हिँड्ने नेताहरुबाट यस क्षेत्रको विकास सम्भव नरहेको भन्दै उनीहरुले विकासप्रेमी, अनुभवी, शिक्षित तथा समस्या जानेबुझेका जसपाका उम्मेदवार टेमानी नै विकासको बाटो रहेको दाबी गरे ।
भेलामा उठेको गुनासाहरुलाई सम्बोधन गर्दै उम्मेदवार अशोक टेमानीले यस क्षेत्रको समस्या सम्बन्धी आफू जानकार रहेको हुनाले समस्या सम्बोधनका लागि नीतिगत ठाउँमा पुग्न आवश्यक ठानेर नै जनताको घरदैलोमा आएको बताए । उनले विगतमा पनि आफूले जनताको सेवालाई निरन्तरता दिदै आएको भन्दै अब नीतिगत ठाउँबाट जनताको समस्या सम्बोधनका लागि पहल गर्न निर्वाचनमा होमिएकोले जसपाको छाता छापमा मतदान गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once