Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

पुस मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब नाघ्यो, ६ महिनामा २१% वृद्धि

spot_img

काठमाडौं,१९ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ। असार मसान्तमा यो सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ बराबरको सञ्चिति थियो।

त्यस्तै, नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३६.२ प्रतिशतले बढेर ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ। असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once