Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा नेकपा पर्सा–२ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

spot_img

वीरगंज,१७ माघ ।  वीरगंज महानगरपालिका वडा नं. १७ स्थित अलाैंमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।

एक कार्यक्रमका बीच नेकपाका पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार चौधरीले मुलुकका विद्यमान समस्या समाधानका लागि नेकपाको विकल्प नरहेको दाबी गरे । उनले कांग्रेस र एमालेको शासनकालमा मुलुकमा उत्पन्न जेन–जी आन्दोलनका कारण देशले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जेन–जी आन्दोलनको चाहनाअनुसार आफू निर्वाचित भए जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन गतिविधिलाई थप तीव्र बनाउने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवानले जानकारी दिए।

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय किशोरी कुशवाहा, बृजलाल पासवान तथा नेता रमेश चौधरी, सुशील हजारा, किसुनदेव यादवलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पार्टी उम्मेदवार मनोज चौधरीको जित सुनिश्चित रहेको दाबी गर्दै सबै पार्टी पंक्तिलाई एकताबद्ध भई चुनावी प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once