पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दै कालिका टाईम्सले मानव सेवा आश्रममा मनायो वार्षिकोत्सव

spot_img

वीरगंज,१६ माघ ।  वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाले आफ्नाे छैटौँ वार्षिकोत्सव मानव सेवा आश्रम, वीरगंजमा सामाजिक उत्तरदायित्वसहित मनाएको छ ।

कालिका टाईम्स प्रालिद्वारा प्रकाशित दैनिक पत्रिकाले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई खाजा खुवाउँदै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले डिजिटल युगमा पत्रकारिताको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै सत्य, तथ्य र विश्वसनीय समाचार पाठकसमक्ष पुर्‍याउनु नै पत्रिकाको मुख्य प्राथमिकता रहेको बताए ।

उनले भने, “यस यात्रामा केही कमजोरी भएका हुन सक्छन्, तर ती कमजोरी स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धतासहित समाजलाई सकारात्मक दिशातर्फ लैजाने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।”

कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमनले दैनिक पत्रिका सञ्चालनका क्रममा देखिएका चुनौतीलाई सामना गर्दै खोजमूलक, निष्पक्ष र जनमुखी पत्रकारितालाई मूल आधार बनाएर अघि बढिरहेको बताए । उनले भने, “सदरमुकाम मात्र होइन, जिल्लाका ग्रामीण भेगमा दबाइएका आवाज, ओझेलमा परेका मुद्दा र आम जनताको पीडालाई उजागर गर्दै आएका छौँ। पर्सासहित आसपासका जिल्लाका साना–ठूला विषयलाई समान महत्व दिँदै जनताको सरोकारका मुद्दा उठान गर्नु हाम्रो मूल धर्म हो।”

संघीयता स्थापनापछि तीन तहको सरकार बने पनि तराई–मधेशका धेरै नागरिक अझै शोषण, गरिबी, बेरोजगारी र पछौटेपनको सिकार रहेको यथार्थलाई कालिका टाईम्सले निरन्तर उजागर गर्दै आएको सम्पादक सुमनले बताए । गणतन्त्र स्थापनापछि पनि गरिब, विपन्न तथा दलित समुदायको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन नसकेको अवस्थालाई समाचारमार्फत् उठान गर्दै आएको उनले दाबी गरे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार मनोज पटेल, सन्तोष साह, विनोद पटेल, हरिशंकर शर्मा, ताजिन्द्र साह, दिपेन्द्र यादव, जयप्रकाश कुशवाहा, राधेश्याम पटेल, श्रवण साह, अमोद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once