काठमाडौँ,१६ माघ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला सात हजार ६५ रुपैयाँ तोकिएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ थियो । यसअघि बुधबार सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, गत मङ्गलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





